गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३१
Dho

गौमुलको विकास गर्ने जिम्मेवारी मेरो नेतृत्वको टिमले लिनेछ : अध्यक्षका उम्मेदवार रोकाया

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
गौमुलको विकास गर्ने जिम्मेवारी मेरो नेतृत्वको टिमले लिनेछ : अध्यक्षका उम्मेदवार रोकाया

बाजुरा : नेकपा एमालेबाट गौमुल गाउँपालिकाको अध्यक्षका उम्मेदवार एवंम् निवर्तमान अध्यक्ष तथा एमाले जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकायाले गौमुल गाउँपालिकाको विकास गर्ने जिम्मेवारी आफ्नो नेतृत्वको टिम लिने बताएका छन् ।

आज निर्वाचन अधिकृतको कार्यालय घट्मुनामा नेकपा एमालेबाट गौमुल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि कोणसभा कार्यक्रमको संम्बोधन गदैं उहाँले यस्तो बताएका छन् ।

 कोणसभामा सम्बोधन गर्दै रोकायाले चुनाव जितेर आईसकेपछि जनताहरुको मुहारमा खुसी ल्याउने जिम्मेवारी, गौमुल बासीले चाहेको विकास गर्ने जिम्मेवारी, “समृद्ध गौमुल, सुखी गौमुल बासी” बनाउने उद्देश्य सहित अगाडी बढेर उक्त सपना पूरा गर्न जिम्मेवारी आफ्नो नेतृत्वको टिमको रहेको रोकायाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पार्टी भित्र आन्तरिक प्रतिष्पर्धामा उत्रिएपनि चुनावी मोर्चामा गएर पार्टीले दिएको टिकटलाई शिरोधार्य गदैं मनोनयन दर्ता गरिसकेपछि कसै व्यक्तिलाई जिताउनु नभई सिंगो पार्टीलाई जिताउने गरी सबैले एकमत भएर लाग्न आग्रह गर्नुभयो ।

नेकपा एमाले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको बताउँदै काममा तल्लिन भएर लाग्नु पर्ने बताउनुभएको छ । यो भन्दा अगाडी जिताएको जनप्रतिनिधीहरुले पाँच वर्षको अवधिमा गरेको कमाई के कति प्रतिफल प्राप्त गर्न सक्छौं यसको समीक्षा आगामी चुनावमा पनि हुने बताएका छन् । 

विभिन्न दलहरु मिलेर गठबन्धन गरेर हामी विरुद्ध मोर्चा बन्दी भएको छ, हाम्रो विरुद्ध आउनु भएको छ, यसलाई सामना गर्न सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । एकदेखि ६ नम्बर वडाहरुमा सातै सूर्य सातै छाप लिएर लडाईमा उत्रिदैं छौं त्यो लडाई सामना गरी सम्पूर्ण उम्मेदवारहरुलाई विजय गर्ने गरी लाग्न सुझाव दिनुभएको छ । नेकपा एमाले आगामी ५ वर्षको लागि चुवानी घोषणा पत्र लिएर जनताको घरदैलोमा जाने भएको छ ।

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा नेकपा एमालेले शाक्ति समेत प्रदर्शन गरेको थियो । पछिल्लो ५ वर्षमा गौमुल गाउँपालिकामा नेकपा एमाले झन बलियो हुँदै गएको छ । 

कोण सभामा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य बसुन्धरा रोकाया, नेकपा एमालेका उपसचिव तथा गौमुल गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरि बहादुर रोकाया, जिल्ला कमिटी सदस्य तुलसीराम रोकाया, सीता थापा, गोरख बोहरा, कर्ण बुढा, धनलक्ष्मी जोशी, पूर्व जिल्ला कमिटी सदस्य कलक बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।

घट्मुनाको तुफान बजारमा आयोजित कोण सभामा वडा अध्यक्षका उम्म्मेदवार प्रकाश रोकाया, देव बहादुर रोकाया, देव बहादुर रोकाया “बि”, अमर विक लगायत नेता तथा कार्यकर्ता गरी करिव १ हजार बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया