गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:३७

बाजुराको विकासमा एमाले बाहेकको विकल्प छैन् : ईन्चार्ज थापा

गौमुल गाउँपालिका–५ नम्बर वडा कमिटीद्धारा शुभकामना आदान प्रदान
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक १३, २०८१
बाजुराको विकासमा एमाले बाहेकको विकल्प छैन्  : ईन्चार्ज थापा

बाजुरा : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापाले बाजुराको विकासमा (एमाले) बाहेकको विकल्प नभएको बताएका छन् ।

आज नेकपा (एमाले) गौमुल गाउँपालिका–५ नम्बर वडा कमिटीले आयोजना गरेको दसैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

बाजुराको इतिहासमा जिल्लाको समग्र विकासका लागि एमालेले अगुवाई गरेको स्मरण गराउदैं विकासको सौदाबाजी कसैले गर्छौ भन्ने हिम्मत नराख्न आग्रह गरेका छन् । एमालेले आफ्नो आधार क्षेत्रमा मात्र नभएर समग्र जनताको हितका लागि विकास गरेको उल्लेख गरेका छन् । 

निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले आफु बहालमा हुदाँ गरिएको जिल्लाको विकास र बजेटको अवस्था यस पटक तुलना गर्न समेत जनताहरुलाई अनुरोध गरेका छन् ।

जिल्लामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको अहित हुने कुनै पनि कार्य गरेको पाईएमा तुरुन्त कारबाही गरिने बताएका छन् ।

पार्टीले लिएको नीति, कार्यक्रम, उद्देश्य र लक्ष्य नेताहरुले अक्षरस पालना गरेर असल, इमानदार व्यक्तिको पहिचान दिनुपर्नेमा जोड दिएका छन् ।

देश विकृति र वितृष्णामा चुर्लुम्म डुब्न लागेपछि दुई ठुला दल एमाले काँग्रेस मिलेर हालको सरकार निर्माण भएकोले विकास र सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् ।

जनताको जीवन एमालेभित्र रहेको स्मरण गराउदैं कुनैपनि खालका बाधा अड्चन आएमा पार्टी साथमा रहेको स्पष्ट पारेका छन् ।

उक्त कार्यक्रममा बोल्दैं एमाले प्रदेश कमिटी सदस्य कलक बहादुर सिंहले राजनीति व्यापार नभएर सोव भएको बताएका छन् । मानव जाति एक हौं भन्ने एमालेको अवधारणा भएकोले राज्यको पहुँच बाहिर रहेको ठाउँको विकास भनेको नै समाजवाद भएको उल्लेख गरे ।

सोही कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीले अब असल र जनताको जिम्मेवारी लिने नेता छान्न जरुरी रहेको बताएका छन् ।

जनतालाई व्यवहारबाट कामको छनक दिनुपर्नेमा जोड दिदैं जनता खुसी बनाउने र सबै किसिमबाट असल गुण भएको नेतृत्व निर्माण गर्न पार्टी जिल्ला कमिटी सचेत रहेको बताए ।

नेता बन्न लहडले मात्र सम्भव नहुने भएकोले जनताको काम गर्ने र जिम्मेवारी लिएर पन्छिने कुनै पनि नेतृत्व मान्न नहुनेमा जोड दिएका छन् ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, गोरख बोहरा, अमर विक, धनलक्ष्मी जैशी, पूर्व जिल्ला कमिटी सदस्य वीरेन्द्र रोकाया लगायतले सम्बोधन गरेका हुन् ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य शान्ति विक, पूर्व जिल्ला कमिटी सदस्य कर्ण बुढा, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायतको समेत सहभागीता रहेको थियो ।

वडा कमिटी अध्यक्ष पदम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम वडा कार्यालयको केन्द्र नक्राडामा आयोजना गरिएको हो ।

कार्यक्रमको सञ्चालन सचिव प्रकाश रोकायाले गरेका हुन् । कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया