बाजुरा : नेकपा (एमाले) स्वामीकार्तिक खापर गाउँ कमिटीले पालिकामा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार सर्वसम्मत चयन गरेको छ । १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । उक्त उपनिर्वाचनका लागि जिल्लाको स्वामीकार्तिक खापर गाउँ कमिटीले एकल उम्मेदवार सिफारिस गरेको छ ।
गाउँ कमिटीले सर्वसम्मत रुपमा महिला उम्मेदवार शुलोचना बुढालाई जिल्ला कमिटीमा सिफारिस गरेको एमाले प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् । कार्तिक ८ गते बसेको बैठकले पालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि जिल्ला कमिटीलाई सिफारिस गर्ने गरी निर्णय गरिएको हो ।
बुढा यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी हुन् । उनी पराजित भएकी थिईन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । पालिकामा अध्यक्ष पनि नेपाली काँग्रेसबाटै जितेका भरतबहादुर रोकाया छन् । पाँच वटा वडा मध्ये पनि ३ वटा वडामा काँग्रेसले जितेको छ ।
प्रतिक्रिया