बाजुरा : गौमुल गाउँपालिका–४ नम्बर वडाले कार्तिक ११ गतेबाट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
विगतका वर्ष जस्तै यसवर्ष पनि नियमित कार्यक्रम अन्तर्गत महिला पूरुष बीचको खुल्ला भलिबल प्रतियोगीता आयोजना गरिने वडा अध्यक्ष अमर विकले बताएका छन् ।
दसैं तिहारमा वडाले सञ्चालन गर्दै आएको भलिबल प्रतियोगीता यसवर्ष पनि आयोजना गरिने भएको छ । कार्तिक ११ गते आईतबारबाट सञ्चालन गर्ने गरी निर्णय भएको छ ।
कार्तिक ९ गते वडा कार्यालयमा बसेको बैठकले टोल स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगीताका साथै बृहत डेउडा प्रतियोगीता आयोजना गर्ने निर्णय गरिएको छ ।
विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर प्रत्येक वर्ष वडाले विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको छ ।
वडामा रहेका सम्पूर्ण टोलका खेलाडीहरुलाई खेलप्रति आर्कषण गर्न र एक आपसमा भेटघाट गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष विकले बताएका छन् ।
सम्पूर्ण टोलका खेलाडीहरुले कार्तिक ११ गते विहाना ८ बजेभित्र आफ्नो टोलको नाम दर्ता गरी कार्यक्रममा सहभागी बन्न आयोजकका तर्फबाट आग्रह गरिएको छ ।
कार्तिक ९ गते बसेको बैठकले विभिन्न उपसमिति गठन गरी कार्यक्रमको व्यवस्थापन गर्न वडामा गठित माउन्टेन भिजन युवा क्लवलाई जिम्मेवारी दिईएको छ ।
बैठकमा वडा अध्यक्ष अमर विक, वडा सदस्य तुसार सार्की, मंगल धामी, गीता रोकाया र जना सार्की, वडा सचिव ईश्वरी केसी, फिल्ड सहायक प्रकाश विक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया