गाैमुल खबर डटकम मङ्गलबार १७, भदौ २०८२ ०९:५७

अरिङालको टोकाईबाट घाईते साउँदको पनि मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक ०५, २०८१
अरिङालको टोकाईबाट घाईते साउँदको पनि मृत्यु

बाजुरा : बाजुरामा अरिङालको टोकाइबाट गम्भीर घाइते एकजना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–५ मनाका ६० वर्षीया डम्म साउँद रहेका छन् ।

असोज २५ गते घरबाट करिब आधा घण्टाको दुरिमा पर्ने पानलोटो भन्ने ठाउँमा रहेको भैंसी गोठ (छानो) नजिकै अरिङालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाईते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्थानीय नरेश थापाले बताएका छन् ।

अरिङालका घर भत्काउन साउँद संगै गएका अर्का स्थानीय सोही वडाका ६५ वर्षीया अंगे बडुवालको भने यसअघि नै घटना स्थलमै मृत्यु भएको थियो । 
 

प्रतिक्रिया