गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:३२

मान्यजनबाट दसैंको टीका र जमरा आज पनि लगाइँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज २८, २०८१
मान्यजनबाट दसैंको टीका र जमरा आज पनि लगाइँदै

काठमाडौं : बडादसैं अन्तर्गत टीकाको तेस्रो दिन सोमबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतिक रातो टीका र जमरा लगाउने क्रम जारी छ। 

आश्विन शुक्लपक्ष द्वादशी तिथिका दिन सोमबार पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो। टाढा रहेका मावली, माइत र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। 

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमा सम्म जारी रहने गरेको छ। 

यता, दसैं मनाएर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रु र सवारीसाधनको संख्यामा समेत वृद्धि भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन्। मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भएका कारण गाउँ पुगेका सर्वसाधरण र कर्मचारीहरु शहर फर्किने क्रम सुरू भएको छ।

प्रतिक्रिया