बाजुरा : नेपाल टेलिकमको एनटी फाइबरको इनटरनेट सेवा जिल्लामा दुईदिन देखि प्रभावित बनेको छ । जिल्लाको बुढीगंगा नगरपालिका–२ बल्देमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको मर्मतका क्रममा इन्टरनेटको तार चुडिएपछि सेवा अवरुद्ध भएको हो ।
मंगलबार दिउँसो साढे २ बजेबाट एनटी फाईबरको इन्टरनेट सेवा अवरुद्ध नेपाल टेलिकम दुर सञ्चार कार्यालय बाजुराका कार्यालय प्रमुख लोकबहादुर खड्काले जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाईन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुडिएको हो ।
उनका अनुुसार सो ठाउँमा चुडिएको तार जडान गरी सेवा सुचारु गर्न एकसाता लाग्ने भएको छ । तार चुडिएरको ठाउँमा पुनः जडान गर्नका लागि प्राविधिकहरुको टोली बिहीबार धनगढीबाट बाजुराका लागि हिड्ने भएको छ । दसैंको मुखैमा इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लामा सेवाग्राही समस्यामा परेका छन् ।
प्रतिक्रिया