बाजुरा : गौमुल गाउँपालिका–६ नम्बर वडाले आगामी असोज २० गतेबाट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ । विगतका वर्ष जस्तै यसवर्ष पनि नियमित कार्यक्रम अन्तर्गत महिला पूरुष बीचको खुल्ला भलिबल प्रतियोगीता आयोजना गरिने वडा अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।
दसैं तिहारमा वडाले सञ्चालन गर्दै आएको भलिबल प्रतियोगीता यसवर्ष पनि आयोजना गरिने भएको छ । आगामी असोज २० गतेबाट सञ्चालन गर्ने गरी निर्णय भएको छ । सोमबार वडा कार्यालयमा बसेको बैठकले असोज २० गतेबाट टोल स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगीता आयोजना गर्ने निर्णय गरिएको खेल संयोजक वीर बहादुर रोकायाले बताएका छन् ।
विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर प्रत्येक वर्ष वडाले विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको छ । वडामा रहेका सम्पूर्ण टोलका खेलाडीहरुलाई खेलप्रति आर्कषण गर्न र एक आपसमा भेटघाट गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको वडा सदस्य कलक चदाँराले बताएका छन् ।
सम्पूर्ण टोलका खेलाडीहरुले आगामी असोज २० गते विहाना ८ बजेभित्र आफ्नो टोलको नाम दर्ता गरी कार्यक्रममा सहभागी बन्न आयोजकका तर्फबाट आग्रह गरिएको छ । सोमबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरी कार्यक्रमको व्यवस्थापन गर्ने गरी जिम्मेवारी दिईएको छ ।
बैठकले संयोजक वीर बहादुर रोकाया सहित सदस्यमा दल बहादुर रोकाया र तेज रोकायालाई जिम्मेवारी दिएको छ । बैठकमा वडा अध्यक्ष प्रकाश रोकाया, वडा सदस्य कलक चदाँरा, वडा सचिव कमला रेग्मी, खेल संयोजक वीर बहादुर रोकाया, सदस्य दल बहादुर रोकाया लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया