गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:२५

दसैंलाई भड्किलो गरी नमनाऔं : वडा अध्यक्ष रोकाया

दसैं तिहार लक्षित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना
बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १४, २०८१
दसैंलाई भड्किलो गरी नमनाऔं : वडा अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले दसैं तिहारलाई भड्किलो तरिकाले नमनाउन वडाबासीलाई आग्रह गर्नुभएको छ । आज वडा कार्यालयले आयोजना गरेको दसैं तिहार लक्षित शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

दसैं तिहार जस्ता पर्वहरुले धनी र गरिब बीचको खाण्डल निर्माण गर्ने भएकोले यसमा आफुसंग भएको कुरासंग रमाएर मनाउनुपर्नेमा जोड दिएका छन् । दसैं गरिबहरुका लागि दशा बनी आउदा धनीहरुका लागि उल्लासका साथ आउने भएरै धनी र गरिब बीच भिन्नता हुने गरेको बताएका छन् ।

आफुहरु वडाका जनताको हरेक समयमा दुःखसुखको सारथी भईरहेकोले कहीँ कतै गल्ती कमजोरी भएमा सुधार गर्न सुझाव दिन समेत अनुरोध गर्नुभएको छ । दसैं तिहारमा आपसी भाईचाराको सम्बन्ध स्थापित गरी सहिष्णुता कायम गर्न वडाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

दसैं तिहार जस्ता पर्वहरुमा हिंसात्मक गतिविधि बढी हुने भएका कारण यसमा सम्बन्धित सबैले सजग हुन् अनुरोध गर्नुभएको छ । मदिरा सेवन गर्ने र समाजमा अनाश्वयक भाँडभैलो सिर्जना गरी विवाद सिर्जना गर्ने जो कोहीलाई पनि तत्काल वडा सरकार र प्रहरीलाई खबर गर्न अपिल गर्नुभएको छ ।

एकताले नै हरेक कुरा सम्भव हुने भएका कारण दसैं तिहारमा अवाञ्छित गतिविधिमा संलग्न नहुन  निर्देशन दिनुभएको छ । वडा सरकार र जनताबीचको सम्बन्ध थप सुमधुर बनाउने र सरकारका तर्फबाट थप गर्नुपर्ने क्रियाकलाप तथा सुधार गर्नुपर्ने पक्षका विषयमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले दसैं तिहारका नाममा अनावश्यक तडक भडक गरेर नमनाउनुपर्नेमा जोड दिएका छन् । वडा अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा सदस्य कलक चदाँरा, धना विक, घट्मुना आधारभूत अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.रामानुज हाथी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख कमलसिंह भण्डारी, सूर्योदय बहुउद्देश्यीय सहकारीका अध्यक्ष श्याम रोकाया, सरस्वती आविका प्रअ वीर बहादुर रोकाया, देवस्थली आविका निमित्त प्रअ धन बहादुर रोकाया, स्थानीय वीर बहादुर रोकाया, मुकुन्द्र प्रसाद जोशी, सेते रोकाया, डबल चदाँरा,नागरिक आरोग्य केन्द्रका प्रमुख लक्ष्मी सिंह, सहकर्मी समाजका प्रमुख सुजाता घर्ती मगर, हुलाकका प्रतिनिधि जुना जोशी लगायतले कार्यक्रममा शुभकामना दिएका थिए ।

विजया दशमी तथा शुभदिपालीको शुभकामना आदान प्रदान कार्यक्रम वडा कार्यालयको केन्द्र घट्मुनामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन वडा सचिव कमला रेग्मीले गर्नुभएको थियो । 

प्रतिक्रिया