गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:२८

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १२, २०८१
बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

काठमाडौं : बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताए। त्यसैगरी १७ जना घाइते भएका छन् ।

जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् । यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।

प्रतिक्रिया