बाजुरा : नेपाल निजामति कर्मचारी संगठन बडीमालिका नगर इकाई कमिटीको अध्यक्षमा कृष्ण बहादुर खड्का रहनेगरी नयाँ नगर ईकाइ कमिटी गठन गरिएको छ । शुक्रबार नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट नगर इकाई कमिटी समेत गठन गरिएको हो ।
बडीमालिकामा २०७८ साल पौष २७ गते प्रमिला थापाको अध्यक्षतामा गठन गरिएको थियो । पुरानो इकाई कमिटीलाई विगठन गरि कृष्ण बहादुर खड्का अध्यक्ष रहने गरी नयाँ नगर इकाई कमिटी गठन गरिएको हो ।
जसमा गोरख बहादुर रावल उपाध्यक्ष, रामबहादुर खत्री सचिव, ललिता कुमारी दानी कोषाध्यक्ष, सदस्यहरुमा शुभराज खड्का, भक्त बहादुर विक, हिरेन्द्र बहादुर विक, भानुभक्त जोशी, विमला थापा र कृष्ण बहादुर रोकाया चयन भएका छन् ।
त्यस्तै नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले नयाँ ६ जनालाई नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध हुने गरी नयाँ सदस्यता दिएको छ । नेपाल निजामति कर्मचारी संगठन नगर इकाइ कमिटीकी अध्यक्ष प्रमिला थापाको अध्यक्षतामा आज सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी रहेका थिए ।
नगर इकाइ कमिटीका सचिव गोपाल महतले सञ्चालन गरेको उक्त प्रशिक्षण कार्यक्रमबाट पुरानो कमिटीलाई पुनरगठन गरि नयाँ नगर इकाइ कमिटी चयन र नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश हुने कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कमिटी सचिव दीपेन्द्र पाण्डे, काेषाध्यक्ष शेरबहादुर बुढा सदस्य रमेश विक लगायत कर्मचारी संगठनमा आवद्व कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया