गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०२:०८

बाजुरामा सहुलियत मूल्य पसल सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज ०७, २०८१
बाजुरामा सहुलियत मूल्य पसल सञ्चालन

बाजुरा : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाजुराको मार्तडी र कोल्टीमा आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै सोमवारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको छ। सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो ५ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ।

जिल्लाभरी चार हजार क्विन्टल चालम बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात् आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ।

यहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ । हाल सोना मोटा चामलको प्रतिकिलो ६०, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ मा बिक्री वितरण भइरहेको छ।

प्रतिक्रिया