गाैमुल खबर डटकम शनिबार ०५, असोज २०८१ ०१:१४
Dho

मानाकोट माविले गर्यो आर्थिक वर्षको सार्वजनिक सुनुवाई

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ०४, २०८१
मानाकोट माविले गर्यो आर्थिक वर्षको सार्वजनिक सुनुवाई

बाजुरा : गौमुल गाउँपालिका-५ मा रहेको मानाकोट माविले सार्वजनिक सुनुवाई तथा लेखा परीक्षा कार्यक्रमको आयोजना गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को  वर्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई गरेको हो । 

आज एक औपचारिक कार्यक्रमकाबीच विद्यालयले एक वर्षको अवधीमा गरेका विभिन्न गतिविधी र आर्थिक वर्षको आयव्य सहीतको प्रतिवेदन सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर रोकायाले बताएका छन् ।

विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत प्रधानाध्यापक रोकायाले नै गरेका थिए । भने विद्यालयको शैक्षिक, भौतिक लगायत अन्य सकारात्मक अभ्यास सहीतको प्रतिवेदन शिक्षक अभिभावक संघका सदस्य पूर्ण बहादुर रोकायाले सबै सामु पेश गरेका थिए ।

विद्यालयको आर्थिक वर्षको आम्दानी तर्फ ७० लाख रहेको छ । भने खर्च ६५ लाख रहेको प्रअ रोकायाले बताएका छन् । प्रतिवेदन सार्वजनिकपछि विद्यालयको हितका विषयमा कार्यक्रममा उपस्थित सबैले सकारात्मक छलफल गरी सुझाव दिएका थिए । 

कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिंहले शिक्षालाई थप सुधार गर्न सबै पक्षले लाग्नुपर्ने बताएका छन् । एक जनप्रतिनिधी र शिक्षकले लागेर मात्र सम्भंम नहुने भएकाले जिम्मेवारी भूमिका आआफ्नो क्षेत्रबाट खेल्नुपर्ने उनले बताए । 

त्यस्तै कार्यक्रममा नेकपा एमाले गौमुल गाउँ कमिटी सदस्य मोहन रोकाया, वडा सचिव दलबहादुर रोकाया लगायतले विद्यालयको शिक्षाको गुणस्तरमा विकास गर्न लगन, अनुगमन, मनन र चिन्तन हुनुपर्ने बताएका छन् । 

शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर रोकायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष कलकल बहादुर सिंह रहनुभएको थियो । भने विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम रोकाया, नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, वडा सचिव दल बहादुर रोकाया रहनुभएको थियो । 

शिक्षक शिव बहादुर रोकायाले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधी, सरोकारवाला निकाय, शिक्षक, विद्यार्थी, अभिभावक र विदालय सेवा क्षेत्रभित्र रहेका सम्पूर्णकोे उपस्थिति रहेको थियो । 

प्रतिक्रिया