गाैमुल खबर डटकम शनिबार ०५, असोज २०८१ ०१:१७
Dho

घटाल आवि र महादेव आविको सामाजिक लेखा परीक्षण

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ०४, २०८१
घटाल आवि र महादेव आविको सामाजिक लेखा परीक्षण

बाजुरा : गौमुल गाउँपालिका-६ मा रहेको घटाल आधारभूत विद्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा तथा विद्यालयका विभिन्न क्रियाकलाप सार्वजनिक गरेको हो

कार्यक्रममा विद्यालयको आयव्य विवरण प्रधानाध्यापक हर्कबहादुर थापाले र विभिन्न गतिविधी सहीतको प्रतिवेदन नयन हादुर थापाले प्रस्तुत गर्नुभएको थियो । विद्यालयको आम्दानी तर्फ ४६ लाख ६८ हजार ९ रुपैयाँ २१ पैसा रहेको छ । भने खर्च तर्फ ४५ लाख ५६ हजार ८३ रुपैयाँ २० पैसा रहेको प्रधानाध्यापक थापाले बताएका छन् ।

जनप्रतिनिधी, शिक्षक, सरोकारवाल निकाय, विद्यार्थी, अभिभावक उपस्थित रहेको सार्वजनिक सुनुवाईमा प्रतिवेदन प्रस्तुतपछि विद्यालयको आर्थिक, भौतिक लगायत अन्य सकारात्मक पक्षमा छलफल गरिएको थियो । 

कार्यक्रममा वडाध्यक्ष प्रकाश बहादुर रोकायाले ज्ञानको भण्डारणलाई जोड्ने काम सिकाई विधिबाट मात्र सम्भंव हुने भएकाले शिक्षकले बालबालिकाहरुलाई सिकाउँने ज्ञान उनीहरुको जिन्दगीलाई जोड्ने खालको हुनुपर्ने बताएका छन् ।

शिक्षाको गुणस्तर थप सुधार गर्न एक शिक्षकले मात्रै लागेर नहुने भएकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र अन्य सेवा क्षेत्रभित्र रहेकाहरुले सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै विद्यार्थीले पनि आफ्नो काम, कर्तव्य नभुलेर लगनशिलता हुनुपर्ने बताए । 

शिक्षक अभिभाक संघका अध्यक्ष कलक रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष प्रकाश बहादुर रोकाया रहनुभएको थियो । भने विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समिति अधयक्ष कलक चदाँरा रहनुभएको थियो ।

शिक्षिका पदमा थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावक लागयत सेवा क्षेत्रभित्र रहेको सम्पूर्णको बाक्लो उपस्थिति रहेको थियो ।  

महादेव आविको सामाजिक लेखा परीक्षण

गौमुल गाउँपालिका-१ माडीमा रहेको महादेव आधारभूत विद्यालको पनि सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक समीक्षा सहीत गतिविधी सार्वजनिक गरेको हो ।   

विद्यालयले प्रथम त्रैमासिक परीक्षाकोका नतिजा प्रकाशनसंगै आर्थिक आयव्य सार्वजनिक गरिएको प्रधानाध्यापक कृष्ण बहादुर बोहराले बताएका छन् । 

आर्थिक कारोबारदेखि विद्यालयले गरेका विभिन्न सकारात्मक गतिविधी अभिभावक, सरोकारवाल निकायलाई जानकारी सहीत शिक्षाको गुणस्तरको बारेमा समीक्षा समेत गरिएको उनले बताए ।  

आर्थिक वर्ष २०८०/०८१ को सामाजिक लेखा परिक्षणको प्रतिवेदन शिक्षक जित बहादुर रावल पेश गरेका थिए । विद्यालयको कुल आम्दानी तर्फ १८ लाख ५५ हजार ४१ रुपैयाँ रहेको छ । कार्यक्रममा सहभागिहरुले शिक्षालाई थप सुधार गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने जोड दिएको थियो ।           

शिक्षक अभिभावक संघका अध्यक्ष जगनाथ बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि मिलेमोतो बहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर रोकाया रहेका थिए । 

त्यस्तै विद्यालय व्यवस्थापन अध्यक्ष नरेन्द्र रोकाया, नेपाली काँग्रेसका गौमुल गाउँ कार्यसमिति सचिव अर्जुन बोहरा अतिथिमा रहनुभएको थियो । प्रअ कृष्ण धामीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, सरोकारवाला निकाय, अभिभावक लगायतको उपस्थित रहेको थियो । 

प्रतिक्रिया