गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:२८
Dho

गौमुलको बालविकास माविले गर्यो वार्षिक समीक्षा

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ०४, २०८१
गौमुलको बालविकास माविले गर्यो वार्षिक समीक्षा

बाजुरा : गौमुल गाउपालिका-३ माझपालीमा रहेको बालबिकास माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनाई तथा प्रथम त्रैमासिक परिक्षाको समिक्षा गरेको छ । 

बालबिकास माध्यामिक विद्यालयकोे विभिन्न गतिविधीको सार्वजनिक सुनाई र प्रथम त्रैमासिक परीक्षाको कक्षा–१ देखि कक्षा–१० सम्मको नतिजा प्रकाशन सहित समिक्षा गरेको विद्यालयका प्रधानाध्यापक तिर्थ चौधरीले जानकारी दिएका छन् । 

सर्वाजनिक कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोरख बहादुर बोहराले विद्यालय सबैको साँझा सम्पति भएका कारण सबैले सक्रिय भएर आ–आफनो ठाँउबाट विद्यालयप्रति सकारात्मक भएर लाग्नुपर्ने बताएका छन् । 

त्यस्तै पुर्व विद्यालय व्यवस्थापन अध्यक्ष राजिव कुमार रोकायाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने कुरा साच्चिकै नमुना र उदाहरणिय बन्ने गरी लाग्नुपर्ने र शैक्षिक क्षेत्रका हरेक प्रतिस्पर्धा बालबिकासले उत्कृष्टता हासिल गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । 
सार्वजनिक सुनाई तथा समीक्षा कार्यक्रममा विद्यालयले हालसम्म गरेका तिविधिी र विद्यार्थी सिकाई उपलब्धी राम्रो रहेको र  आगामी दिनमा थप सुधार गर्नुपर्ने सहभागीहरुले बताएका छन् । शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष गोरख बहादुर बोहरा रहनु भएको थियो । 

कार्यपालिका सदस्य कौशल वि.क, वडा सदस्य विमला धामी, भानबहादुर धामी, नर्मा विक, लालबहादुर विक, नेकपा एमाले जिल्ला कमिटी सदस्य राजिव कुमार रोकाया, पुर्व गाविस अध्यक्ष अर्जुन रोकाया अतिथि रहेका थिए ।  सार्वजनिक सुनाई तथा समिक्षा कार्यक्रममा शिक्षक विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । भने उक्त कार्यक्रमको संञ्चालन विद्यालय प्रधानाध्यापक चौधरीले बताए ।

प्रतिक्रिया