गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:१९
Dho

वडाध्यक्ष रोकायाले गरे शिक्षक, विद्यार्थी र अभिभावकसंग छलफल

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ०४, २०८१
वडाध्यक्ष रोकायाले गरे शिक्षक, विद्यार्थी र अभिभावकसंग छलफल

बाजुरा : गौमुल गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया यतिबेला वडाका सामुदायिक विद्यालयहरुको अनुगमनसंगै छफलमा व्यस्त रहेका छन् । शिक्षा क्षेत्रलाई व्यापक सुधार गर्न विभिन्न व्यक्तिहरुसंग छलफल गरिरहेका हुन् ।

विद्यालयमै पुगेर शिक्षक, विद्यार्थीलाई प्रत्यक्ष भेटेर शिक्षाको हालको अवस्था, आगामी दिनमा गनुपर्ने गतिविधीको पहिचान गरी अभिभावक भेला गर्ने गरेका छन् । भने विद्यालको शैक्षिक गुणस्तर सुधारका लागि सेवा क्षेत्र भित्रका व्यक्तिहरुसंग नियमित अन्तरक्रिया समेत गरेका छन् । 

कार्यक्रममा वडाध्यक्ष रोकायाले यो वर्षको एसईईको नजिता खासै सन्तोषजक नआएको उल्लेख गर्दै आगामीक वर्षको एसईईमा सबै विद्यार्थी पास हुने गरी अध्ययन गर्न र अध्यापन गराउँन शिक्षक, विद्यार्थीलाई आग्रह गरेका छन् ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा अभिभावकले घरमा आ–आफ्ना बालबालिकालाई पढ्ने वातावरणको सिर्जन गर्न सुझाएका छन् । विद्यार्थीको थप सिकाई उपलब्धी गर्न विद्यालयमा नियमित विभिन्न अतिरित्त क्रियाकलाप गर्न आग्रह गरेका छन् ।

बालबालिकाको चौतर्फि क्षमताको विकास गर्न सकारात्म मनोरञ्जनका गतिविधी समेत उक्तिकै आवश्यक हुने भएकाले त्यसतर्फ पनि ध्यान दिन वडाध्यक्ष रोकाया विद्यालय प्रशासनलाई सुझाव दिएका छन् । 

May be an image of 1 person

प्रतिक्रिया