गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२२
Dho

कीर्तिचौर माविले शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनायो

गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज ०२, २०८१
कीर्तिचौर माविले शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनायो

बाजुरा : गौमुल गाउँपापालिका-४ मा रहेको कीतिचौर माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसरमा अतिरित्त क्रियाकलापहरु आयोजना गरेको छ । विद्यार्थीको क्षमता विकासका लागि विभिन्न खेलसंगै प्रतियोगिताको आयोजना गरी दिवस मनाएको हो ।

विद्यालयले १ देखि कक्षा ३ सम्मका विद्यार्थीको चम्चा दौड, ४ देखि ५ सम्म हिसाब दौड, कक्षा-६ देखि ८ सम्म अंग्रेजी हिज्जे, कक्षा-९/१० हाजिरी जवाफ र कक्षा-११/१२ वतृत्वकला प्रतियोगिता सञ्चालन गरिएको प्रधानाध्यापक खडक बहादुर शाहले बताएका छन् ।

विद्यार्थीको चौतर्फि विकासमा जोड दिन मनोरञ्जनका क्रियाकलाप सहीत प्रतियोगिताको आयोजना गरिएको उनले बताए । हरेक विद्यार्थीमा अन्तरनिहीत प्रतिभाको प्रस्फुटन र विकास गराउँन शिक्षा दिवसको अवसर पारी प्रतियोगिताको आयोजना गरिएको प्रधानाध्यापक शाहको भनाइ छ ।

बालबालिकाको शारिरीक, मानसिक र भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न किताबी ज्ञान मात्रैले नपुग्ने भएकाले यसका लागि विद्यालयले किताबी ज्ञानसंगै अतिरित्त क्रियाकलापमा जोड दिदै आएको शाहले बताएका छन् । 

प्रतिक्रिया