गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०८
Dho

दशैं खर्च कमाउन भारत गएका युवाहरु घर फर्किन थाले

गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज ०२, २०८१
दशैं खर्च कमाउन भारत गएका युवाहरु घर फर्किन थाले

बाजुरा : वर्खे खेती लगाएर रोजगारीका लागि भारत गएका बाजुराका कतिपय नागरिकहरु यतिबेला घर फर्किन थालेका छन् । दर्शै खर्च जुटाउँन भारत लागेकाहरु दशैं मनाउँनेका लागि केही पैसा कमाएर घर फर्किन थालेका हुन् ।

रोजगारीका लागि हिउँदमा भारत गएका खप्तड छेडेदह गाउँपालिका–१ का रामबहादुर रोकाया दशैंतिहार मनाउँन घर फर्किएका छन् । गाउँमा कुनै रोजगारी तथा ज्यालादारी काम नपाएपछि दशैं खर्च कमाउँन भारत गएको रोकायाले बताए

रोकाया जस्तै धेरै युवाहरु दशैं मनाउँन गाउँ पुगिसकेका छन्। केही फर्किने तयारीमा रहेका छन् । अनन्ते मनाउँने र कुल देवताको पुजाआर्चना गर्नेहरु केही छिटो गरी आउने गरेका छन् । भने दशैंतिहार मनाउँनकै लागि आउनेहरु घटस्थापना अघि नै पुग्ने गरेको रोजगारीका लागि भारत गएका नागरिकले बताएका छन् ।

गाउँमै बसेर पौरख गरौं भन्ने सोच युवाहरुमा भएपनि कुनै अवसर नहुँदा विदेशीनु पर्ने बाध्यता छ । यहाँ मिहेनत गरेजति कमाई हुदैन्, त्यसैले एक-दुई महिनाका लागि भएपनि रोजगारीका लागि भारत जाने गरेको स्थानीयको भनाइ छ । 

दशैंतिहारमा गाउँ आएपनि फेरी हिउँदे खेती लगाएर रोजगारीका लागि भारत जाने रोकायाले बताए । कात्तिक, मङ्सिरमा गहुँ र असारमा धान, कोदो लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरी उनीहरू कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । बाजुरा जिल्लका ९ वटै स्थानीय तहका अधिकांश नागरिकहरु रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।  

प्रतिक्रिया