गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०७:४६
Dho

शनिबारलाई सचेतना बारको रुपमा लिएर सरसफाई

बाजुरा
रमित वि.क.
शनिबार, भदौ २९, २०८१
शनिबारलाई सचेतना बारको रुपमा लिएर सरसफाई

बाजुरा : जिल्ला समन्वय समिति बाजुराले शनिबारलाई सरसफाई सचेतना बारको रुपमा घोषणा गरेर सरसफाई गर्ने गरेको छ । साताको प्रत्येक शनिबारलाई सचेतना बारको रुपमा लिएर सदरमुकाम मार्तडी लगायत जिल्लाका विभिन्न ठाउँमा सरसफाई गर्ने गरिएको छ ।

जिल्ला समन्वय समितिले सदरमुकाम लगायत स्थानीय बजारमा भएको फोहोर व्यवस्थापन गर्ने निर्णय गरिएको समन्वय प्रमुख तलसीराम रोकायाले बताएका छन् ।

यहीँ २०८१ भाद्र २४ गते स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत राजनीतिक दलहरुको उपस्थितिको बैठकले उक्त निर्णय गरेको समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताएका छन् ।

सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, पत्रकार तथा स्थानीयबासीहरुको समेत सहभागीतामा महिनाको अन्तिम शनिबारलाई सरसफाई सचेतना बारको रुपमा सरसफाई गर्ने र सम्बन्धित स्थानीय तहले अगुवाई गर्ने निर्णय गरिएको हो ।

शनिबार मात्र सदरमुकाम मार्तडीमा विभिन्न सरोकारवाला निकायको सहभागीतामा बजारको सरसफाई तथा नियमित आफ्नो घर आँगन सफा गर्न सुझाव समेत टोलीले दिएको थियो ।

उता बडीमालिका नगरपालिकाले समेत नियमित रुपमा सदरमुकाम मार्तडीको सरसफाई गर्दै आएको छ । बजारलाई सफा र स्वच्छ बनाउन नगरपालिकाकाले सरसफाई गर्ने गरेको छ ।

बजारबासीहरुको सरसफाईमा थिति बसाउने गरी घर आँगनको सरफाई आफैले गर्न सुझाव समेत दिएको सरसफाईमा सहभागी बडीमालिका नगरपालिकाका उप–प्रमख नन्दा कुमारी थापाले बताएकी छन् ।

आँगनमा अस्तव्यस्त तरिकाले फोहोरमैला थुपारिएको भएपनि केही बजारबासीहरुले बेवास्ताका साथ सरसफाई नगर्ने गरेको पाईने गरेको छ । जिल्ला समन्वय समितिले भने शनिबारलाई सचेत बारको रुपमा लिएर प्रत्येक महिनाको अन्तिम शनिबारलाई सरसफाई बारको रुपमा लिएको छ ।

 

 

प्रतिक्रिया