गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१३
Dho

बाजुरामा तीन वर्षमा ५६ जनाले गरे आत्महत्या, सबै भन्दा बढी छडेदहमा

गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २९, २०८१
बाजुरामा तीन वर्षमा ५६ जनाले गरे आत्महत्या, सबै भन्दा बढी छडेदहमा

बाजुरा : बाजुरामा आत्महत्याको दर बढ्दो छ । जिल्ला प्रहरी कार्यालय बाजुराको पछिल्लो तथ्याङ्क अनुसार तीन वर्षमा ५६ जनाले आत्महत्या गरेका छन् । विगतको वर्ष भन्दा आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । 

जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकामा सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या रहेको छ । भने स्वामीकार्तिक खापर गाउँपालिकामा कम घटना भएको तथ्याङ्कमा छ ।

तीन वर्षको अवधीमा आर्थिक वर्ष २०७८/०७९ मा ९ जना, २०७९/०८० मा २३ जना, २०८०/०८१ म २० जना र चालु आर्थिक वर्षको भाद्र २६ यता ४ जनाले आत्महत्या गरेका छन् । यस मध्ये सबैभन्दा बढी खप्तड छेडेदह गाउँपालिका १६ जना, बडीमालिका नगरपालिकामा ११ जना र सबैभन्दा कम स्वार्मीकार्तिक खापर गाउँपालिकामा १ जनाले आत्महत्या गरेका हुन् ।  

त्यस्तै त्रिवेणी नगरपालिकामा ७ जना, गौमुल गाउँपालिकामा ६ जना, बुढीगंगा नगरपालिका र बढीनन्दा नगरपालिकामा ५/५ जना, हिमाली गाउँपालिकामा ३ जना, जगन्नाथ गाउँपालिकामा २ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । 

आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको छ । सबैभन्दा बढी १६ वर्षदेखि ६० वर्षसम्मका ६४ प्रतिशत, २७ प्रतिशत ६० माथि र सबैभन्दा कम १६ वर्षमुनिका व्यक्तिहरुले आत्महत्या गरी ज्यान गुमाएका छन् । 

झार्ने लक्ष्य भएपनि वर्षेनी आत्महत्याको दर झन बढ्दै गएकोप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । प्रहरी कार्यालय बाजुराले आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले राज्यले समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रमसंगै प्रभावकारी नीति नै बनाएर लागु गर्न आवश्यक रहेको बताएका छन्की । 

त्यस्तै बडीमालिका नगरपालिका उप–प्रमुख नन्दा कुमारी थापाले आत्महत्या न्युनीकरण गर्न बडीमालिका नगरपालिका पनि लागिरहेको भन्दै अब सबैले सामाजिक अभियानकै रुपमा लाग्नुपर्ने बताईन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया