गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२९
Dho

दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा २ किशोर बगे

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २९, २०८१
दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा २ किशोर बगे

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए । उनका अनुसार आज दिउँसो भीमदत्त-१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन् । बगेकामध्ये सौरभको शव फेला परेको छ ।

दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया