गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०१:३७

गौमुलमा महिलाको क्षमता विकासका लागि तालिम

गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २९, २०८१
गौमुलमा महिलाको क्षमता विकासका लागि तालिम

बाजुरा : गौमुल गाउँपालिकामा दलित महिलालाई क्षमता विकासका लागि तालिम दिईएको छ । सीमान्कृत समुदायका महिलाहरुलाई सशक्त बनाउँन पालिका स्तरीय महिला सञ्जाललाई युपिआर सिड, जलवायु, न्याय, अपाङ्ग सामाजिक समावेशीकरण र प्रमाणमा आधारित वकालत सम्बन्धी तालिम दिएको हो ।

जसको सहयोग लुथरन सामुदायिक कल्याण समाजको र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल जिल्ला हलिया मुक्त समाज आयोजक रहेको छ । तालिममा महिला हिंसा, हक अधिकार र कानूनी व्यवस्थाको बारेमा शिक्षा दिईएको छ ।

महिला, दलित समुदायप्रति हेर्ने दृष्टिकोण र व्यवहारलाई क्षमताले पन्छाउनु पर्ने ज्ञान प्राप्त भएको तालिममा सहभागि दिपा सार्कीले बताएकी छन् । 

समाजमा सदियौंदेखि जडो गाडेर बसेको गलत चलन चल्तीलाई परिवर्तन गर्न सबैले सहकार्य गरेर र महिलाले समाज परिवर्तनको संवाहक बन्नुपर्ने कार्यपालिका सदस्य मैना चदाँरा बताएकी छन् । 

गठन गरिएको मुक्त हलिया सञ्जाल, महिला, दलित, जनजाति समुदाय, अपाङ्गता, राज्यले व्यवस्था गरेको नीति नियम, बालबालिकाको हक अधिकार, जलवाय परिवर्तन सहीत ३ वटा विषय बस्तुमा रहेर तालिम दिने गरिएको राष्टिय मुक्त हलिया समाज महासंघ नेपालका सामाजिक परिचालक जनशरी सार्कीले बताएकी छन् ।

महिला, बाबालिकाका हक अधिकार धेरै छन् । तर ती हक अधिकारको समुदाय स्तरमा अनुभुति गर्न पाएका छन् या छैन् भनेर पनि बुझ्ने गरिएको सार्कीको भनाइ छ .

 तालिमको प्रशिक्षण गौमुल गाउँपालिका वडा नं.४ का वडाध्यक्ष अमर बहादुर विकले गरेका थिए । समाज परिवर्तन र क्षमता अभिवृद्धि गर्न सञ्चालन गरिएको उक्त कार्यक्रम बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा लागु छ । 

तालिमले सीमान्कृत समुदायले आफ्ना अधिकारबारे ज्ञान पाएका छन् । जसले गर्दा प्राप्त संवैधानिक अधिकारको प्रयोग र कार्यान्वयमा टेवा पुग्ने विश्वस गरिएको छ ।

प्रतिक्रिया