गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२८
Dho

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ २८, २०८१
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार आज प्रधानमन्त्री ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका हुन्।

सरकारको कामलाई गति दिनका लागि ओलीले आफू नेतृत्वमा सरकार गठन भएको दुई महिनापछि कार्यसम्पादन सम्झौता अगाडि बढाएका हुन्। जनताका समस्या समाधान गर्ने गरी  मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो। अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन्।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ। लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो।

नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुनेछ। कार्यक्रममा मन्त्रालयका सचिव र उच्च अधिकारी पनि सहभागी रहेका छन्।

को-को छन् मन्त्रिमण्डलमा ?
१    श्री केपी शर्मा ओली    प्रधानमन्त्री    
२    श्री प्रकाशमान सिंह    उपप्रधानमन्त्री     सहरी विकास
३    श्री विष्णुप्रसाद पौडेल    उपप्रधानमन्त्री    अर्थ
४    श्री पृथ्वी सुब्बा गुरुङ    मन्त्री    सञ्चार तथा सूचना प्रविधि
५    श्री रमेश लेखक    मन्त्री    गृह
६    श्री शरतसिंह भण्डारी    मन्त्री    श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७    डा. आरजु राणा    मन्त्री    परराष्ट्र
८    श्री प्रदीप यादव    मन्त्री    खानेपानी
९    श्री बलराम अधिकारी    मन्त्री    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०    श्री दामोदर भण्डारी    मन्त्री    उद्योग, वाणिज्य तथा आपूर्ति
११    श्री नवलकिसोर साह सुडी    मन्त्री    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२    श्री देवेन्द्र दाहाल    मन्त्री    भौतिक पूर्वाधार तथा यातायात
१३    श्री तेजुलाल चौधरी    मन्त्री    युवा तथा खेलकुद
१४    श्री बद्रीप्रसाद पाण्डे    मन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१५    श्री अजयकुमार चौरसिया    मन्त्री    कानून, न्याय तथा संसदीय मामिला
१६    श्री प्रदीप पौडेल    मन्त्री    स्वास्थ्य तथा जनस‌‌ङ्ख्या
१७    श्री रामनाथ अधिकारी    मन्त्री    कृषि तथा पशुपन्छी विकास
१८    श्री विद्या भट्टराई    मन्त्री    शिक्षा, विज्ञान तथा प्रविधि
१९    श्री मानवीर राई    मन्त्री    रक्षा
२०    श्री दिपक खड्का    मन्त्री    ऊर्जा, जलस्रोत तथा सिँचाइ
२१    श्री राजकुमार गुप्ता    मन्त्री    सङ्घीय मामिला तथा सामान्य प्रशासन
२२    श्री ऐनबहादुर शाही ठकुरी    मन्त्री    वन तथा वातावरण

राज्यमन्त्री

२३ पूर्णबहादुर तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय
२४ रुपा विक  वन तथा वातावरण राज्यमन्त्री मन्त्रालय
२५ अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय

प्रतिक्रिया