गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१४
Dho

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा प्रतिवद्ध छौं : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा प्रतिवद्ध छौं : उपाध्यक्ष थापा

बाजुरा : गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले पालिकाभरका स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताएकी छन् । गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य संस्थाबाट वितरण गरिने औषधी उपचार सेवाको गुणस्तरसंगै आवश्यकताको आधारमा स्वास्थ्य संस्थामा राम्रो सेवा दिने सोच सहित अगाडी बढिरहेको बताइन् ।

उनले भनिन् पालिकामा स्वास्थ्य क्षेत्रलाई व्यापक रुपमा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य सहीत बेला बेला समीक्षा र स्वास्थ्यकर्मीको क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौ । वार्षिक समीक्षामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थाहरुलाई प्रोत्साहनका लागि प्रमाण पत्र सहित सम्मान गर्ने गरेको उनले बताएकी छन् ।

वार्षिक समीक्षाबाट पहिचान भएका सुझाव, सल्लाह र समस्यालाई आत्मसाथ गर्दै समाधान तर्फपनि आफूहरु लागिरहेको उपाध्यक्ष थापाले बताएका छन् । भौगोलिक विकटताले गर्दा लक्ष्य अनुसार नभएपनि सीमित स्रोत साधनले भ्याएसम्म काम भईरहेको उनको भनाई रहेको छ ।

उनले जनताका आधारभूत आवश्यकतालाई मध्येनजर गर्दै स्वास्थ्य, शिक्षा, सडक, विद्युत लगायत अन्य विकास निर्माणका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ, सीमित स्रोत साधनले गर्दा अति आवश्यकतालाई पहिचान गरी लगानी लगाउनुपर्ने बाध्यता रहेको बताएकी छन् ।

धेरै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै समुदाय स्तरका मानिसहरुको रोग पहिचानमा विशेष ध्यान दिन र पालिकाको नीतिलाई भरपुर कार्यान्वयन गर्न सुझाव दिनुभएको छ । स्वास्थ्य संस्थामा अभाव स्वास्थ्य उपकरण, भौतिक संरचनाको स्तरन्नोतिदेखि ब्याकप सोलावर र ईन्टरनेटको व्यवस्थापन गर्न पहल कदमी भईरहेको बताईन् ।

स्वास्थ्यकर्मीले आफ्नो काम कर्तव्य नभुलेर थप मुस्कान सहितको सेवा प्रदान गर्न र समुदाय स्तरका मानिसहरुसंग नजिक रहन सुझाउनु भयो । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाजुरा लाल बहादुर खड्काले स्वास्थ्य संस्थामा नागरिकलाई सेवा दिएको तथ्याङ्क प्रष्ट नभएको बताउँदै स्वास्थ्यकर्मीले जिम्मेवार हुनुपर्ने बताएका छन् ।

क्षरोगको उद्देश्य २२ जना भएपनि २७ जना पत्ता लगाउनमा स्वास्थ्यकर्मी र गाउँपालिकाले ठुलो योगदान पुर्याएको भन्दै धन्यवाद दिएका छन् ।  क्षरोगको उपचार सम्भव भएको र निःशुल्क उपचार गरिने रोग हो ।

तर पछिल्लो समय एचआईभी भन्दा भयावह बन्दै गएकाले यसलाई न्यूनीकरण गर्नाका लागि उक्त विरामीहरुको अवस्था कस्तो छ, समयमा औषधी खाए, नखाएको र चेकजाँच गरे नगरेकोमा स्वास्थ्यकर्मीले विशेष ध्यान दिन जरुरी रहेको खड्काले बताएका छन् ।

उनले गौमुल गाउँपालिका यसभन्दा अगाडी जसरी स्वास्थ्य क्षेत्रमा देशभरीकै उत्कृष्ट आएको छ त्यसरी नै आगामी दिनमा पनि उत्कृष्ट हुने खालको काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया