गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०९
Dho

गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु

धनगढी : कैलालीको गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर आज (बिहीवार) बिहान मृत्यु भएको हो ।

घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
 

प्रतिक्रिया