गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४९
Dho

गौमुल गाउँपालिका-१ मा शिक्षा क्षेत्रको विकासका लागि आमभेला

गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
गौमुल गाउँपालिका-१ मा शिक्षा क्षेत्रको विकासका लागि आमभेला

बाजुरा : गौमुल गाउँपालिका १ का सामुदायिक विद्यालयमा आमभेलाको आयोजना गरिएको छ । शिक्षाको गुणस्तर थप सुधार गर्न वडा कार्यालयको समन्वय र विद्यालयको आयोजनामा आमभेला गरिएको हो ।

गुणस्तरीय शिक्षालाई बलियो बनाउँन वडाले प्रत्येक महिना आमभेला गरी विद्यालयको निरीक्षण गर्ने गरेको छ । सोही अनुरुप आज अम्लिस माविमा शिक्षा क्षेत्रको गतिविधीको बारेमा छलफल गरिएको वडाध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताएका छन् ।

जनप्रतिनिधी, अभिभावक, शिक्षक र विद्यार्थी सहभागि आमभेला कार्यक्रममा शिक्षा क्षेत्रको विकास गर्न घनिवुद्ध छलफल भएको छ । कार्यक्रममा वडाध्यक्ष रोकायाले विद्यालयमा भौतिक संरचना निर्माणदेखि अन्य आवश्यक स्रोत साधन प्राप्त मात्रामा व्यवस्थापन गरिसकेकाले अबको अभियान शिक्षा विकास गर्ने रहेको बताएका छन् । 

शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन आफ्नो संकल्प रहेको बताउँदै यसमा सबैले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । आज अम्लिस माविमा २०८०/०८१ को वार्षिक समीक्षा सहीत त्रैमासिक परीक्षाको विषयमा छलफल गरिएको शिक्षक अर्जुन रोकायोले जानकारी दिएका छन् ।

त्यस्तै गौमुल गाउँपालिका ३ धल्काँडामा रहेको थुमथला आधारभूत विद्यालयले पनि वार्षिक समीक्षा गरेको छ । आज एक औपचारिक कार्यक्रमकाबीच आर्थिक वर्ष २०८०/०८१ मा विद्यालयले गरेको विभिन्न गतिविधी सार्वजनिक गरेको हो ।

एक वर्षको अवधीमा विद्यालयले गरेका राम्रा अभ्यास र आगामी दिनमा गर्नुपर्ने काम सहीतको प्रतिवेदन सार्वजनिक गरिएको प्रधानाध्यापक नरेन्द्र धामीले बताएका छन् । विद्यालयको सामाजिक लेखा परीक्षणको सार्वजनिक सुनुवाई र पहिलो त्रैमासिक परीक्षाको समीक्षा जनप्रतिनिधी, अभिभावक र सरोकारवाल निकायको उपस्थितिमा गरिएको उनले बताए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गोरख बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा वडा सदस्य भान बहादुर धामी, विमला धामी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।      

प्रतिक्रिया