गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४१
Dho

गौमुल गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ २६, २०८१
गौमुल गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

बाजुरा : गौमुल गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य क्षेत्रमा गरिएका विभिन्न गतिविधी सहीतकोे समीक्षा गरिएको हो ।

गाउँपालिकाको सभाहलमा सञ्चालन भएको स्वास्थ्य समीक्षा कार्यक्रममा पालिका भरीका स्वास्थ्य संस्थाहरुले एक वर्षको अवधीमा गरेको क्रियाकलाप सार्वजनिक गरेको गौमुल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । 

स्वास्थ्यकर्मी र जनप्रतिनिधी सहभागि समीक्षामा वर्षभरीको उपलब्धी, समस्या, गर्नुपर्ने काम र एक वर्षमा नागरिकलाई स्वास्थ्य संस्थाबाट सेवा दिएको तथ्याङ्क सहीतको प्रतिवेदन प्रत्येक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेका थिए ।

समीक्षा कार्यक्रमको उद्घाटन बुधबार गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष थापाले स्वास्थ्य संस्थाहरुको प्रगतिको तुलनात्मक विश्लेषण, समीक्षामा पहिचना भएका समस्याको समाधान गर्ने, स्थानीय तहबाट जारी भएका नीति, नियम, निर्देशिकाको कार्यान्वयन तथा उपलब्धीहरुको विश्लेषण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएकी छन् ।

कार्यक्रममा देखिएका समस्याहरुको पहिचना गरी सुधार गर्नुपर्ने पक्षहरु आगामीक आर्थिक वर्षमा सम्बोधन गर्ने बताएकी छन् । विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्न रणनीति तयार पार्ने र स्वास्थ्य योजना तर्जुमाका लागि प्राथमिकता क्षेत्र पहिचान गरी कार्य योजना तयार पार्ने समेत उपाध्यक्ष थापाको भनाई रहेको छ ।

स्वास्थ्य संस्थाकोे प्रस्तुत गरेको प्रतिवेदनमा केही मात्रामा यथार्थ तथ्याङ्कमा कमजोरी देखिएकाले स्वास्थ्यकर्मीले आगामीक दिनमा थप सुधार गर्नुपर्ने सहभागिहरुले बताएका छन् । 

स्वास्थ्य संस्थाले नागरिकलाई उपलब्ध गरेका सेवाहरुको यथार्थ तथ्याङ्क नभए काम गर्न अन्योलता हुने भएकाले स्वास्थ्यकर्मीले आगामीक दिनमा सुधार गरी जिम्मेवार बन्न वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिंहले सुझाव दिएका छन् । 

समीक्षामा पहिचान भएका समस्याको समाधान गर्न आफूहरु लाग्ने वडाध्यक्षले बताएका छन् । समुदाय स्तरमै राम्रो स्वास्थ्य सेवा उपलब्ध गर्न आवश्यक उपकरण, भौतिक संरचनाको थप स्तरन्नतिका लागि पालिका सरकार र सम्बन्धीत निकाय समक्ष पहल गर्ने उनीहरुले बताएका छन् ।

आज वडामा रहेका प्रत्येक स्वास्थ्य संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गरेकामा भोली पालिका भरीको स्वास्थ्य क्षेत्रको समीक्षा गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । 

गाउँपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा उपाध्यक्ष सीता थापा, वडा नं.२ का वडाध्यक्ष देव बहादुर रोकाया, वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिंह, वडा नं.४ का वडाध्यक्ष अमर विक, वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका लाल बहादुर खड्का, बुढीगंगा नगरपालिकामा रहेको बाजुरा स्वास्थ्य चौकी टाँटेका अनमी मंगला बोहरा, कैलाशमाण्डौं स्वास्थ्य चौकी ईन्चार्ज प्रकाश विक्रम शाही लगायतको सहभागित रहेको थियो ।

प्रतिक्रिया