गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५०
Dho

जीप दुर्घटनामा घाइते सविनाको मृत्यु

बैतडी
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ २६, २०८१
जीप दुर्घटनामा घाइते सविनाको मृत्यु

बैतडी ः बैतडीमा जीप दुर्घटना हुँदा घाइते भएकी सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको छ।  सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा सविना गम्भीर घाइते भएकी थिइन्। उनलाई थप उपचारको लागि धनगढी ल्याइएको थियो। उपचारकै क्रममा मंगलबार नै उनको मृत्यु भएको आफन्तले जानकारी दिए। जिप दुर्घटना परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया