गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२८
Dho

आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ २५, २०८१
आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारत प्रस्थान गरेका छन्। उनी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।

बुधबारबाट नयाँ दिल्लीमा सुरू हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्तरुपमा आयोजना गर्न लागेका हुन ।

एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले उक्त सम्मेलन हुन लागेको हो। सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागीता हुने जनाइएको छ ।

प्रतिक्रिया