गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५१
Dho

जनसंगठनका जिल्ला अधिवेशन सक्न एमाले बाजुराको निर्देशन

गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २४, २०८१
जनसंगठनका जिल्ला अधिवेशन सक्न एमाले बाजुराको निर्देशन

बाजुरा : नेकपा एमाले बाजुराले मंसिर भित्र सबै जनसंगठनका जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । पार्टी जिल्ला कमिटीको दोस्रो बैठकको निर्णय पछि जनसंगठनका प्रमुखसँगको छलफलमा एमाले बाजुराले मंसिर भित्र अनिवार्य अधिवेशन गरिसक्न निर्देशन जारी गरेको हो । 

अधिवेशन गर्नु पूर्व सबै जनसंगठनले सदस्यता नविकरण गर्नु पर्ने, नयाँ सदस्यता पनि विधी प्रक्रिया अनुसार नै वितरण गरिनु पर्ने र सम्पादन गरिएको कामको प्रगति विवरण र चुनौति सहीतको प्रतिवेदन पार्टीलाई बुझाउन भनेको छ । 

पार्टी अध्यक्ष लालबहादुर ओली र इन्चार्ज लालबहादुर थापाले उपलब्ध जनसंगठनका प्रमुखलाई बोलाएर छलफल गरेको जिल्ला कमिटी सदस्य हिराबहादुर रोकायाले जानकारी दिएका छन् । पार्टी कार्यालयमा जनसंगठनको काम कर्तव्य अधिकार बारे छलफल र हालसम्म गरेका गतिविधी बारे पनि छलफल गरिएको छ । 

जनसंगठनले निर्वाह गर्नु पर्ने भूमिकामा गति कम हुदै गएको र नयाँ पुस्तालाई आवद्ध गराउने रणनीति सहीतको योजना र जनताका काम प्रति जिम्मेवार हुने विषयमा जनसंगठन सचेत हुनु पर्ने सुझाव नेताहरुले दिएका छन् । पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीले जनसंगठन एमाले पार्टीको जग भएकोले सुरुमै बलियो र योग्य बनाउन सुझाव दिएका छन् । 

बोली व्यवाहार, शैली, काम र जिम्मेवारी निर्वाह, योग्यता र क्षमता विकासमा एमालेका जनसंगठनको परिचय नै फरक हुनु पर्नेमा ओलीको जोड थियो । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापाले एमालेलाई बलियो बनाउनु आधार नै जनसंगठन भएकोले भोलिको नेता बन्ने सपना सहीत सुरुवादीमै आफ्नै प्रभावकारी भूमिका र उपस्थिति देखाउन जनसंगठनका प्रमुखलाई निर्देशन दिएका छन् ।

थापाले जनताको समस्या, जनजीवीकाको सवाल र राष्ट्रियताको सवालमा कोही कसैसँग सम्झौता नगर्ने र मुलधारको भूमिकामा रहेर काम गर्न निर्देशन दिएका छन् । जवाफमा जनसंगठनका प्रमुखहरुले पार्टीको निर्देशन र निर्णयलाई कार्यान्वयन गर्नमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । 

नेकपा एमालेले २३ वटा जनसंगठनलाई मान्यता दिएको छ । बाजुरामा ती मध्ये १८ वटा सक्रिय भूमिकामा छन् । बाँकी ६ वटा गठन प्रक्रियामा रहेका छन् । अन्र्तक्रिया तथा छलफल कार्यक्रममा अनेमसंघका अध्यक्ष कोपिला सिंह, अखिल नेपाल किसान संघका सचिव कर्ण दानी, अनेरास्ववियुका सचिव हिक्मत रोकाया, युवा संघका मिलन अयडी, खेलकुद महासंघका लक्ष्मण रोकाया, सहभागि थिए । 

यसैगरी प्रोग्रेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल–दिपकराज भारती,लोकतान्त्रिक आदीवासी जनजाति महासंघका बुद्धि बोगटी, अध्यक्ष, नेपाल, पेशागत महासंघका सचिव रुपक रौले (सचिव), नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ–जय बहादुर चदारा, प्रेस चौतारी नेपालका पदम बहादुर सिंह, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल बुद्धिजीवी परिषद्, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ती समाज,का प्रतिनिधी सहभागि थिए । 

जिल्लामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन, अध्यक्ष, मानव अधिकार तथा सामाजिक न्याय मन्च नेपाल– रिटर्नी फेड्रेशन, नेपाल) का जिल्ला संरचना बनेकाछन् ।

अन्तरक्रियामा २०८१ भदौ २९ र ३० गते काठमाण्डौंमा हुने जनसंगठन परिचलान समन्वय संयन्त्रको राष्ट्रिय भेलामा पेश गर्नु पर्ने विवरण बारे पनि छलफल भएको छ । छलफमा जिल्ला कमिटी सदस्य हिरा बहादुर रोकाया र तुलाराम जैशीको पनि सहभागिता रहेको थियो । 

प्रतिक्रिया