गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२५
Dho

चट्याङ लागेर मोरङमा बालकको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २३, २०८१
चट्याङ लागेर मोरङमा बालकको मृत्यु

विराटनगर ः चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राजाबुलको घर पछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ परेको थियो । चट्याङ लागेर घाइते बालिकाको अवस्था भने सामान्य छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया