गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३०
Dho

जाजरकोटमा पहिरोले घर पुरियो, दम्पती बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २३, २०८१
जाजरकोटमा पहिरोले घर पुरियो, दम्पती बेपत्ता

जाजरकोट : जाजरकोटमा पहिरोमा परी दम्पती बेपत्ता भएका छन् । गएराति आएको पहिरोमा परि बारेकोट गाउँपालिका- ६ धुमाका मानबहादुर चलाउने र उनकी श्रीमती प्रेमकुमारी चलाउने बेपत्ता भएका प्रहरीले जनाएको छ ।

छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरिएको छ । राती १ बजे घटना भए पनि बिहान ६ बजे प्रहरी पुगेपछि ती बालिकाको उद्धार भएको डिएसपी पुरुषोत्तम पाण्डेले बताए ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

बेपता दम्पतीको प्रहरी र स्थानीयले खोजी गरिरहेका उनले बताए । प्रेमकुमारी वडा सदस्य हुन् । रातभर पानी परेकोले उद्धारमा कठिनाइ भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया