गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:११
Dho

धनगढीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २२, २०८१
धनगढीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु

धनगढी : धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बाेहराले जानकारी दिए ।

तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया