गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१०
Dho

भैंसी गोठमा आगलागी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २२, २०८१
भैंसी गोठमा आगलागी

बाजुरा : बडीमालिका नगरपालिका-३ को माच्काँडा भन्ने लेककाे भैंसी गोठमा आगलागी भएको छ । शनिबार विहाना एकाएक भैंसी गोठमा आगलागी भएको स्थानीय धन बहादुर रोकायाले बताएका छन् ।

स्थानीय लाल बहादुर उखेडा, रनी विक, गोल विक र हरि विकको भैंसी गोठमा आगलागी भएको हो । आगलागीबाट भैंसी गोठमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ ।

गोठ छानामा रहेका स्थानीयका सम्पूर्ण लत्ताकपडा, भाँडा भर्तन, दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामाग्री जलेर नष्ट भएको बताईएको छ । आगालागीबाट पशु चौपाय र अन्य मानवीय क्षति भने नभएको बुझिएको छ । आगालागी के कति कारणले भएको त्यो भने खुलेको छैन् ।
 

प्रतिक्रिया