गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

मंगलबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ १८, २०८१
मंगलबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं : मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी  र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र कर्णाली प्रदेशका थोरै तथा बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, मधेश, लुम्बिनी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया