गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५८
Dho

अलपत्र विकासे योजनाको खबरदारी गर्ने, जिल्ला सदस्यले उपभोक्ता समितिमा बसे कारबाही : एमाले बाजुरा

विकास र समृद्धिका लागि सबै दल बीचमा सहकार्य गरि सुशासन अभियान सञ्चालन गर्ने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ १६, २०८१
अलपत्र विकासे योजनाको खबरदारी गर्ने, जिल्ला सदस्यले उपभोक्ता समितिमा बसे कारबाही : एमाले बाजुरा

बाजुरा : नेकपा एमाले बाजुराले जिल्लाको विकास निर्माणसँग जोडिएर सुशासन अभियान सञ्चालन गर्ने भएको छ । निर्माण भइरहेका र निर्माण हुने योजना तथा विकासे कामको गुणस्तरको अवस्था बारे जानकारी राख्ने गरि अभियान सञ्चालन गर्न लागेको हो । प्रत्येक वडा र टोल कमिटीमा पुगेका एमाले नेताहरुले योजनाको कामको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अध्यायन अवलोक गर्न निर्देशन जारी गरिएको छ । 

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालमा रहेका योजनाको निर्माण अवस्थाको अध्यायन गरि संगठनका कामसँगै मासिक रुपमा पार्टी जिल्ला कमिटीलाई प्रतिवेदन बुझाउन सर्कुलर समेत जारी गरिसकिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । पार्टी जिल्ला कमिटीका  ६९  जना सदस्य कसैले पनि उपभोक्ता समितिमा बस्न नपाउने निर्णय समेत एमाले बाजुराले गरेको छ । 

उपभोक्ता समितिमा पार्टीका नेता कार्यकर्ता बस्न नपाउने प्रावधान भएपनि नियमको कार्यान्वयन हुन सकेको छैन् । नेकपा एमालेले अनिवार्य कार्यान्वयन गर्ने र नमान्ने पार्टी सदस्यलाई कारवाही गरिने सचिव काशी विकले जानकारी दिएका छन् । पार्टी प्रचार विभागका तर्फबाट गरिएको पत्रकार सम्मेलनमा सुशासन अभियान सञ्चालन गर्ने र उपभोक्ता समितिमा कुनै पनि पार्टी जिल्ला कमिटी सदस्य नबस्ने निर्णय गरिएको छ । 

बाजुरामा बर्षौ पहिला देखिका विकासे योजना अलपत्र अवस्थामा छन् । जिल्ला प्रशासन कार्यालयले पनि पत्रकार सहीत दलका नेता र नागरिक अगुवा सम्मेलित टिम बनाएको छ, त्यसमैमा एमालेले आफै अगुवाई गर्ने गरि अभियान नै सञ्चालन गर्ने निर्णय गरेकोले सबैले विकास निर्माणको काममा सहकार्य गरेर जान एमाले अध्यक्ष लाबहादुर ओलीले अनुरोध गरेका छन् ।

एमाले बाजुराले जिल्लाको परिचय बदल्न राजनीतिक दल बीचको आपसी सहकार्य र परामर्शलाई अघि बढाउने र त्यसको अगुवाई एमालेले गर्ने निर्णय गरेको छ । सामाजिक कुरुती र कुसंस्कारका विरुद्धमा पनि एमाले टोलसम्म पुगेर सचेत गराउने र कानुनको कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ । भदौ १३ गते बसेको पार्टी कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् । 

पार्टीका नेता र पार्टी जिल्ला कमिटीले पालना गर्नु पर्ने मापदड र आचार संहिता २०८१ समेत पारित गरेको एमालेले अनुशासन र जिम्मेवारी सहीतको भूमिका निर्वाहमा नेता कार्यकर्ताले फरक शैली र व्यवाहार देखाउनुमा पार्टी अध्यक्ष ओलीले विश्वास व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमा आउने क्रिया प्रतिक्रियाबारे पत्रकारले सोधेको प्रश्नमा ओलीले व्यक्तिगत विषय र लेखाइलाई पार्टी सँग नजोड्न आग्रह गरेका छन् । उहाँले पार्टी विधी प्रधान संगठन भएकोले व्यक्तिगत विषयलाई प्राथमिकता दिन आवश्यक नरहेको बताएका छन् ।

पार्टी बैठकले ६९ वटा वडामा इन्चार्ज तोकेको, २३ सदस्यीय सचिवालय गठन गरेको समेत जानकारी गराएको छ । पार्टी संगठन निर्माणका क्रममा ज्यान गुमाउन बाध्य स्वर्गिय ताराचन्द्र रेग्मी र चेतनदीप अयडीको सम्मान र सम्झनामा १ लाख राशीको पुरस्कार स्थापना गरेको छ । 

सचिवालय समावेशी बनेको, सबै जिल्ला कमिटी सदस्यले जिम्मेवारी पाउने गरि निर्णय गरिएको दाबी सहीत एमालेले युग र प्रविधी अनुकुलको पार्टी कमिटी बनाउने नेताहरुले बताएका छन् । पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, प्रचार विभाग प्रमुख राजन रोकाया, जिल्ला कमिटी सदस्यहरु हिरा रोकाया, राजीव रोकाया, दिलबहादुर थापा भोटे सहीत सहभागि थिए । 

प्रतिक्रिया