गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:११
Dho

तीजका अवसरमा जागरण अभियान सञ्चालन गरिने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ १६, २०८१
तीजका अवसरमा जागरण अभियान सञ्चालन गरिने

बाजुरा : गौमुल गाउँपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा सबै वडाहरुमा महिला जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

नारीहरुले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परा अनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने हरितालिका तीजको अवसरमा वडाहरुमा जागरण अभियान कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

विभिन्न पीडा र समस्याबाट अझै जनताहरुले मुक्ति पाउन नसकेको बेला पछिल्लो अराजक तरिकाले मनाईने तीजले समेत प्रत्यक्ष असर पारेको उनले बताएकी छन् । संस्कृतिका नाममा विकृति फैलिने गरेकोले प्रत्येक वडाका महिला दिदी बहिनीहरुले आफुसंग भए अनुसार रमाउन समेत आग्रह गरेकी छन् ।

तीजका बेला गरिने परम्परागत गतिविधिहरुको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउँदैं यसमा गम्भीर हुनुपर्ने बेला आएको बताएकी छन् । बजारमा आउने विभिन्न गतिविधिका पछाडी नलागी ग्रामीण क्षेत्रमा रमाउने पुरानो शैली भुल्न नहुनेमा जोड दिएकी छन् ।

सदियौं देखि विभिन्न दृष्टिकोणबाट पछाडी परेका महिला दिदी बहिनीहरुको चेतना स्तर माथि उकास्नमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने थापाले विश्वास गरेकी छन् । तीजका नाममा अनाश्यक खर्च गर्ने प्रवृत्तिको समेत अन्त्य हुने गरी महिलाहरुलाई जागरण अभियान गाउँपालिकाले सञ्चालन गर्ने भएको छ ।

धनी र गरिब बीच असमानता ल्याउने तीजलाई धेरै भड्किलो मनाउन पछिल्लो चलन चल्तीलाई समेत चुनौती दिने गरी कार्यक्रमको आयोजना गरिने भएको छ ।

तीजका अवसरमा आपसी भाईचारा सहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा मनाउन गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले तीजका नाममा फजुल खर्च नगरी आफुसंग भएको कुरामा खुसी भएर रमाउन महिला दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।

हरितालिका तीजका अवसरमा महिला हिंसा तथा घरेलु हिंसा लगायत अन्य सामाजिक कुरितीका विषयमा वडाहरुमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सिर्जना विष्टले बताएकी छन् ।

बैठकमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष प्रकाश रोकाया, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, वडा सचिव कमला रेग्मी, सहकर्मी समाजका सुजाता घर्ती मगर, विपद फोकल पर्सन रण विक लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया