गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५१
Dho

सुख्खा पहिरोले कवाडी खोला थुनियो, सतर्कता अपनाउन आग्रह

थुनिएको खोला खुल्न सक्ने संकेत
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १४, २०८१
सुख्खा पहिरोले कवाडी खोला थुनियो, सतर्कता अपनाउन आग्रह

बाजुरा : जिल्लाको हिमाली गाउँपालिका–२ रुम्दीमा सुख्खा पहिरो जाँदा कवाडी खोला थुनिएको छ । शुक्रबार विहान १० बजेर ३० मिनेट जाँदा सोही पालिकाको वडा नम्बर २ र ५ को बीचमा पर्ने कवाडी खोला थुनिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार दुई वटै वडाको सिमानामा रुपमा रहेको कवाडी खोला माथिको जंगलबाट सुख्खा पहिरो खस्दा खोला थुनिएको बताए । कर्णाली नदीसंग जोडिएको उक्त खोला थुनिएपछि कर्णाली र कवाडी आसपास क्षेत्रका स्थानीयहरुलाई सतर्कता अपनाउन गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

गाउँपालिकाको पर्यटकीय क्षेत्र रानीसैन हुँदै बग्ने कवाडी खोला एकाएक पहिरोले थुनिएपछि जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन कर्णाली नदी आसपासका नागरिकलाई जोखिमबाट टाढा रहन आग्रह गरिएको छ ।

पहिरोले खोला थुनिएपछि पानीको बहाव बढ्ने भएकाले आसपासमा नजान र सतर्कता अपनाउन स्थानीयहरुलाई खबर गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए । उनले थुनिएको खोला एकतर्फीबाट बग्न सुरु भएको र प्रहरी र स्थानीयहरु घटनास्थलमै तैनाथ रहेको गौमुल खबरसंग बताएका छन् ।

नदीको बहाव बढ्दै गएकाले स्थानीयहरु भने त्रसित बन्दै गएका छन् । नदी थुनिएको खबर आएकोले प्रहरी समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । खोला विस्तारै एकातर्फबाट खुल्न थालेको बताईएको छ ।

May be an image of text

प्रतिक्रिया