गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३१
Dho

नेकपा (एमाले) बाजुराले विभाग र वडा ईन्चार्जको जिम्मेवारी तोक्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १४, २०८१
नेकपा (एमाले) बाजुराले विभाग र वडा ईन्चार्जको जिम्मेवारी तोक्यो

बाजुरा : नेकपा (एमाले) बाजुराले पार्टी कमिटीको कार्य विभाजन गरेको छ । मार्तडीमा बसेको बैठकले ६ वटा विभाग, जनसंगठन मोर्चा र वडा कमिटीको जिम्मेवारी बारे नेताहरुको कार्य विभाजन गरेको हो । पार्टी पदाधिकारीबीचको छलफलबाट तय गरिएको कार्य विभाजनको खाका जिल्ला कमिटीले अनुमोदन गरेको छ । पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वर्षे योजना सहित वार्षिक कार्ययोजना पारित गरेको छ ।

भने ६९ वटा वडा र विभागको कार्य जिम्मेवारीको विभाजन गरिएको सचिव काँशी विकले जानकारी दिएका छन् । बैठकले संगठन विभाग प्रमुखमा अमर खड्का, स्कुल विभाग प्रमुखमा जनक कुमार बोहरा, आर्थिक विभाग प्रमुखमा काँशी विक, स्थानीय तह समन्वय विभागमा रामबहादुर बाँनिया, प्रचार विभागमा राजन कुमार रोकाया र सहकारी तथा वित्तीय विभागमा मन्देवी ओलीलाई जिम्मेवारी दिएको छ ।

जनसंगठन संयन्त्रको प्रमुखको जिम्मेवारी भने हरि रोकायाले पाएका छन् । विभागको जिम्मेवारी पाउने खड्का, बानियाँ र ओली बाहेक अरु तीनै जना पार्टी पदाधिकारी हुन् । पार्टीको बैठकले असोज १२, १३ र १४ गते मार्तडीमा बृहत पार्टी प्रशिक्षण कार्यक्रम गर्ने मिति तय गरेको छ । भने मंसिर भित्र अधिवेशन गर्न बाँकी सबै वडा, पालिका र जनसंगठनका अधिवेशन गरेर सक्न निर्देशन सहितको निर्णय गरेको छ ।

गएको ज्येष्ठमा सकिएको आठांै जिल्ला अधिवेशनपछि बसेको दोस्रो बैठकबाटै आर्थिक सुशासनका लागि आर्थिक कार्यविधी पारित गरिएको छ । भने पार्टी कमिटी र पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता र आवश्यक मापदण्ड पनि पारित गरेको छ । पार्टी केन्द्रले जारी गरेको अन्तर पार्टी निर्देशन बारे जानकारी गराइएको छ ।

भने जिल्लाको समग्र विकास निर्माणको कामको अगुवाईमा पार्टी अग्रभागमा देखिएर काम गर्ने बारे निर्णय गरेको छ । साथै अलपत्र विकासे योजनाको सूची सहित सम्बन्धीत निकायलाई दबाब दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, निर्वाचन क्षेत्र (क) का ईन्चार्ज प्रकाश शाह, पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा निर्वाचन क्षेत्र इन्चार्ज सहदेव बोगटी सहितलाई बधाईका साथ सम्मान गरिएको छ ।

प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही सहित सहभागी बैठकमा जिल्ला ईन्चार्ज लालबहादुर थापाले समग्र पार्टी कमिटी र जिल्लामा बलियो संगठन बनाउने काममा प्रतिवद्ध भएर लाग्न निर्देशन दिएका छन् । बैठकमा निर्वाचित ९० सदस्यीय जिल्ला कमिटी र नौ वटा पालिकाका नौ जना अध्यक्ष पदेश सदस्यका रुपमा सहभागी भएका थिए ।  

भने अध्यक्ष लालबहादुर ओलीले प्रस्तुत गरेको राजनीतिक र सचिव काँशी विकले सञ्चालन गरेको सांगठनीक प्रतिवेदन जिल्ला कमिटीले पारित गरेको छ । एमाले बाजुराले यो पटक दुई हप्ता अगाडी नै सबै जिल्ला कमिटी सदस्यलाई बैठक बारे जानकारी गराइएको थियो । कमिटीका सदस्यको व्यक्तिगत विवरणको अभिलेख, पालिका कमिटीको प्रगति प्रतिवेदन र संगठीत सदस्यको नवीकरणको अवस्था बारे लिखित प्रतिवेदन माग गरिएको छ ।


 

प्रतिक्रिया