गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३९
Dho

कांग्रेस सभापति देउवा निवास अगाडी भेटिएको शंकास्पद वस्तु निस्क्रिय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
कांग्रेस सभापति देउवा निवास अगाडी भेटिएको शंकास्पद वस्तु निस्क्रिय

बाजुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी स्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ । नेपाली सेनाको तेघरी ब्यारेक अत्तरियाको बम डिस्पोजल टोलीले उक्त वस्तु निस्क्रिय पारिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहका अनुसार शंकास्पद झोलाभित्र माटो र माटोमुनि एउटा भाँडो भेटिएको थियो । तर, उक्त वस्तु विस्फोटक भए नभएको बारेमा भने खुलेको छैन ।

आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो । स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

प्रतिक्रिया