गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५१
Dho

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौं : मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदैं गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशुली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सञ्चालनमा रहेकाे छ ।

प्रतिक्रिया