गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे बेपत्ता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे बेपत्ता

काठमाडौं : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो ।

‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्लेले गाैमुल खबरसँग भने, ‘खोजी कार्य जारी छ ।’ खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको र आफू पनि घटनास्थलतर्फ जान लागेको जानकारी दिए ।

प्रतिक्रिया