गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१४
Dho

दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर र पक्की पुल बगायो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर र पक्की पुल बगायो

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको लेखर्कमा पहिरो जाँदा तीन घर बगाएको छ। गएराति पहिरो गएको र घर बगाएको जानकारी पाए लगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन। दोरम्बाबाट हिँडेको टोली केही समयमै घटनास्थलमा पुग्ने प्रहरी कार्यालयले जानकारी दिएको छ।

यता दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले पनि ४ वटा घर बगाएको र केहि बेपत्ता भएको जानकारी आएकाले घटनास्थलतर्फ आफू जाँदै गरेको जानकारी दिए।

उनले भने,‘गएराति आएको पहिरोले ४ वटा घर बगाएको र केही बेपत्ता भएको जानकारी मलाई प्राप्त भएको छ। हामी पनि घटनास्थलतर्फ जाँदैछौं।आधिकारिक विवरण पुगेपछि प्राप्त हुन्छ। पहिरोले पुल पनि बगाएको छ।’ थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया