गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५०
Dho

आईतबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
आईतबार देशका यी स्थानमा वर्षा  हुने

काठमाडौं : आईतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आईतबार राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने  छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया