गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५४
Dho

मृतककाे शव लिन भारतीय सेनाकाे जहाज चितवनमा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०८, २०८१
मृतककाे शव लिन भारतीय सेनाकाे जहाज चितवनमा

चितवन : तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज आएको हो।

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

मृतकको शव पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा ल्याइएको थियो भने घाइतेहरूलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पठाइएको थियो।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव लैजान भारतीय सेनाको जहाज पठाएको हो। आजमात्रै भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से नेपाल आएकी थिइन्।

घटनाबारे बुझ्न र घाइतेहरूलाई भेट्न उनी काठमाडौं आएकी थिइन्। गृहमन्त्री रमेश लेखकले घटनाबारे राज्यमन्त्री खड्सेलाई ब्रिफिङ गरेका थिए। उनीहरू महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए। 

प्रतिक्रिया