गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२८
Dho

बुढीगंगा नगरपालिका संस्थागत क्षमता स्वमुल्याङ्कनमा बाजुराकै पहिलो

गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०८, २०८१
बुढीगंगा नगरपालिका संस्थागत क्षमता स्वमुल्याङ्कनमा बाजुराकै पहिलो

बाजुरा : संस्थागत स्वमूल्याङ्कन गुणस्तर परीक्षणको आधारमा बुढीगंगा नगरपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा सबैभन्दा बढी अंक ल्याएर पहिलो भएको हो । गएको आर्थिक वर्षको मूल्याकंन नजिताको सार्वजनिक सूचीमा बुढीगंगा पहिलो हुँदा जगन्नाथ गाउँपालिका दोस्रो भएको छ ।  

पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को नजिता सार्वजनिक गरेको हो । सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रदिवेदन अनुसार बुढीगंगा नगरपालिकाले ८४ . ५० ल्याएको छ । 

नौ वटै पालिका मध्ये पहिलो र सुदूरपश्चिम प्रदेशकै तेस्रो स्थानमा आउन बुढीगंगा सफल भएको हो । ८० दशमलव २५ अंक ल्याउदै जगन्नाथ गाउँपालिका द्धितीय भएको छ । भने गौमुल गाउँपालिकाले ७१.२५ नम्बर ल्याएर तृतीय भएको छ । सबैभन्दा कम अंक हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाले ल्याएका छन् । दुबै पालिकाले ५० नम्बर समेत कटाएका छैनन् । 

बुढीनन्दा नगरपालिकाले ४८.७५ र हिमाली गाउँपालिकाले ४६.५० अंक ल्याएका छन् । यसैगरी अन्तिम नतिजा प्रतिवेदनमा उल्लेख भए अनुसार स्वामिकार्तिक खापर गाउँपालिकाले ७१, खप्तड छेडेदहले ६९.५०, बडीमालिका नगरपालिकाले ६६.७५, र त्रिवेणी नगरपालिकाले ६२.७५ अंक ल्याएका छन् । 

स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी विभिन्न इन्डिकेटर (सूचक) निर्धारण गरिएकोमा मूल्याकंन गर्ने गरिएको छ । स्थानीय तहले गरेको कार्यप्रगतिको स्वमूल्यांकनको जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिइएको छ । 

प्रदेशका ८८ पालिका मध्ये यस अघि जगन्नाथ गाउँपालिका शिर्षक १० मा पर्न सफल भएको थियो । भने यो पटक बुढीगंगा नगरपालिका पर्न सफल भएको हो । स्वमूल्यांकनका१० वटा आधार तथा विषय क्षेत्र रहेका छन् । जस्मा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना ब्यबस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य

सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय रहेका छन् ।
पालिकाको नेतृत्व र कर्मचारीको मेहनतले जिल्लाकै पहिलो स्थान ल्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् । राम्रो अंक ल्याएको र कार्य प्रगतिमा जिल्लाकै पहिलो भएकोमा नगर प्रमुख रामबहादुर बानीयाँले कर्मचारी र जनप्रतिनिधीलाई धन्यवाद सहीत आगामी दिनमा थप प्रगतिको शुभकामना दिएका छन् ।

प्रतिक्रिया