गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

बडीमालिका नगरपालिका-१ नुवाकाेटमा एक घर भत्कियो

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ ०७, २०८१
बडीमालिका नगरपालिका-१ नुवाकाेटमा एक घर भत्कियो

बाजुरा : बडीमालिका नगरपालिका-१ मा एक घर भत्किएको छ । अविरल वर्षाका कारण हिजो दिउँसो २ बजेतिर नुवाकाेटस्थित मुकेश नेपालीको तीन तले घर भत्किएको हो । 

घर भत्किदा अन्नपात, लत्ताकपडा, भाडाकुडा लगायतका सामाग्रीमा क्षति पुगेको पीडित नेपालीले बताएका छन् । दिउँसो भत्किएकोले मानवीय क्षति भने नभएको उनले बताए ।

घर भूकम्पले चिराचिरा पारेको थियो, अर्को घर नहुँदा सवपरिवार सोही जीर्ण घरमै बस्दै आएको थियौं, हिजो एक्कासी बस्नै नमिल्ने गरी घर भत्किएको नेपालीले बताए । उनको परिवार अहिले छिमेकीको घरमा बसिरहेको छ । 

प्रतिक्रिया