गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०२:२१

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

बाजुरा ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठौं धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  

भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरुमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरुको सहभागीता रहने छ ।

यसपटकको  धर्म–धम्म सम्मलेनको नारा ’धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको साँस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्म बीचको साझा विचारहरुलाई एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन् । आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलन २०२४ मा १८ देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
 

प्रतिक्रिया