गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१८
Dho

धनगढीमा टाउको दुःख्ने समस्याले सेती अस्पताल पुगेकी महिलाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
धनगढीमा टाउको दुःख्ने समस्याले सेती अस्पताल पुगेकी महिलाको मृत्यु

धनगढी : टाउको दुःख्ने समस्याका कारण सेती प्रादेशिक अस्पताल भर्ना भएकी एक विवाहित युवतीको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ घर भएर धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएकी २६ वर्षीया ईश्वरी भण्डारी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहोराले बिहीबार बिहान ५ बजे टाउको दुःख्ने समस्या लिएर प्रादेशिक अस्पताल भर्ना भएकी भण्डारीलाई ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताए ।

उनकाअनुसार बुधबार पनि अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले औषधी दिएपछि घर फर्किएकी थिइन् । तर बिहीबार बिहान पुनः अत्यधिक टाउँको दुखेपछि श्रीमानले अस्पताल पुगाएका थिए । चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया