गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५६
Dho

अविरल वर्षाले कैलालीमा ५ सय घर डुवानमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
अविरल वर्षाले कैलालीमा ५ सय घर डुवानमा

धनगढी : मंगलबार रातिदेखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना जना प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका डुबानबाट बढि प्रभावित भएको हो।

दुबै स्थानीय तहमा ५ सय घर डुवानमा परेका छन् । कैलारी गाउँपालिकाको मनिकापुर र बन्दरगौडीका १६ परिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

भजनी र कैलारीसँगै जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी र गौरीगगा नगरपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् ।

भजनीमा मात्रै ४ सय बढी घर डुबानमा परेको जोशीले जानकारी दिए । कैलारी- ५ वयनपुरमा घरभित्र पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो ।

उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि कैलालीमा साना ठूला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ ।

बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ ।

अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितका सुरक्षा अधिकारी डुवानग्रस्त क्षेत्रको अवलोकनमा निस्किएका छन्।

प्रतिक्रिया